आईसीसी टी-२० विश्वकपका लागि भारत प्रस्थान गर्ने नेपाली टोलीको बिदाइ

  • प्रकाशित मिति : २०८२ माघ ३, शनिबार
  • नेपाल टेल संवाददाता

आईसीसी टी-२० विश्वकप क्रिकेटमा सहभागी हुन आइतबार भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शनिबार औपचारिक रूपमा बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार आयोजना गरेको कार्यक्रममा टोलीलाई बिदाइ गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीले खेलाडी तथा अफिसियललाई सफलताको शुभकामना दिएका छन्।



आगामी फेब्रुअरी-मार्चमा श्रीलंका र भारतमा आयोजना हुने टी-२० विश्वकपमा सहभागी हुनुअघि नेपाली टोलीले अभ्यास खेलहरू पनि खेल्ने कार्यक्रम रहेको क्यानले जनाएको छ।