मंगलबार मात्र झापा–५ मा प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गराएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचन क्षेत्रमा होमिएका छन् ।
उनी बिहानैदेखि झापा– ५ निर्वाचन क्षेत्रमा घरदैलो अभियानमा हिँडेर मतदातासँग अन्तरक्रियामा व्यस्त भएका छन् ।
उनले समुदायका सवै वर्गका मतदाता जनतासँग भेटघाटलाई निरन्तरता दिएका छन् ।







