ग्लास्गो नेपाली एसोसिएसनको अध्यक्षमा कँडेल

  • प्रकाशित मिति : २०८२ माघ १४, बुधबार
  • नेपाल टेल संवाददाता

लन्डन। स्कटल्यान्डस्थित ग्लास्गो नेपाली एसोसिएसनको अध्यक्षमा रामप्रसाद कँडेल चयन भएका छन् ।

सोमबार सम्पन्न १३औँ अधिवेशनले कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।



समितिको उपाध्यक्षमा साजना गैरे र नरिश्वर खराल, सचिवमा शिवकान्त खराल, सहसचिवमा अन्जु न्यौपाने, कोषाध्यक्षमा कृष्ण सापकोटा र सहकोषाध्यक्षमा चक्रप्रसाद जोशी चयन भए ।

सदस्यमा सूर्य पौड्याल, पूर्ण कँडेल, पर्शुराम भण्डारी, गोविन्द देवकोटा, गोकर्ण खड्का र राजेश भट्ट रहेका छन्। निर्वाचन समितिमा कृष्ण देवकोटा संयोजक, डिलाराम गैरे सहसंयोजक र मीन खरेल सदस्य रहेका थिए ।