टी–२० विश्वकपः यस्तो छ नेपाल रहेको समूह ‘सी’को लेखाजोखा

  • प्रकाशित मिति : २०८२ माघ २१, बुधबार
  • नेपाल टेल संवाददाता

आउँदो शनिबारदेखि सुरु हुने टी–२० विश्वकपको पर्खाइमा सारा विश्व रहेको छ। त्यसभन्दा बढी पर्खाइमा नेपाली फ्यानहरु रहेका छन्। यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको नेपालले प्रतिष्ठित प्रतियोगितामा तेस्रोपटक सहभागिता जनाउँदै छ।

नेपाल विश्वकपको समूह ‘सी’ मा रहेको छ। नेपालको पहिलो खेल फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग हुनेछ। जुन खेलबाट नेपालले विश्वकपको यात्रा सुरु गर्नेछ। यसै समूहमा दुई–दुई पटकको विश्वविजेता वेस्ट इन्डिज र इङ्ल्यान्डसहित स्कटल्यान्ड र इटाली छन्। दुई विश्वविजेता टोलिबीचको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ।



अर्कोतर्फ नेपालको कुरा गर्दा पछिल्लो १७ वटा टी–२० अन्तर्राष्ट्रिय खेलमा १२ खेल जितेको छ भने तीन खेल हार्दा एक खेल टाइ र एक खेल नतिजाविहीन भएको छ। तसर्थ नेपालले समूह चरणमा उलटफेर ल्याउन सक्छ।

सेप्टेम्बर २९ मा यूएईको सारजाहमा नेपालले दुई पटकको विश्व च्याम्पियन टोलि वेस्ट इन्डिजलाई ९० रनले हराएको थियो। त्यसको अघिल्लो खेलमा सोहि टोलिलाई १९ रनले हराउँदै चकित पारेको थियो। नेपालले पहिलो पटक कुनै टेस्ट टोलीविरुद्ध टी–२० अन्तर्राष्ट्रिय शृंखला जित्यो, र यो नेपालको लागि ठूलो ऐतिहासिक उपलब्धि रह्यो। अब टोली फेरि एकपटक वेस्ट इन्डिजकै सामना गर्न गइरहेको छ।

बंगलादेश टी–२० विश्वकपबाट बाहिरिएपछि यस समूहमा स्कटल्यान्डलाई समावेश गरिएको छ। यस्तै, अर्को टोलि इटाली पहिलो पटक कुनै पनि आईसीसी प्रतियोगिताका लागि छनोट भएको छ।

यस समूहका इङ्ग्ल्यान्ड र स्कटल्यान्डबीचका खेलहरू सधैं हाइ–भोल्टेज हुने गरेका छन्। सन् २०१८ मा स्कटल्यान्डले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा इङ्ग्ल्यान्डलाई ६ रनले हराउँदै ठूलो उलटफेर गरेको थियो। त्यस्तै, २०२२ को विश्वकपमा स्कटल्यान्डले वेस्ट इन्डिजलाई पराजित गरेको थियो।

यस्तो छ समूह ‘सी’का टोलिहरुको स्क्वाडः

नेपालः
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम

इङ्ग्ल्यान्डः
ह्यारी ब्रूक (कप्तान), रेहान अहमद, जोफ्रा आर्चर, टम ब्यान्टन, जेकब बेथेल, जोस बटलर, साम करन, लियाम डसन, बेन डकेट, विल ज्याक्स, जेमी ओभरटन, आदिल राशिद, फिल साल्ट, जोस टङ र ल्यूक वुड।

वेस्ट इन्डिजः
शाई होप (कप्तान), शिम्रोन हेटमायर, जोनसन चार्ल्स, रोस्टन चेस, म्याथ्यु फोर्डे, जेसन होल्डर, अकील होसिन, शमार जोसेफ, ब्रान्डन किङ, गुडाकेश मोटी, रोभम्यान पाउल, शेरफेन रदरफोर्ड, क्वेन्टिन स्याम्पसन, जेडन सिल्स, रोमारियो शेफर्ड

स्कटल्यान्डः
रिची बेरिङ्टन (कप्तान), टम ब्रुस, म्याथ्यु क्रस, ब्राड्ली करी, ओलिभर डेभिडसन, क्रिस ग्रिभ्स, जैनुल्लाह इहसान, माइकल जोन्स, माइकल लिक्स, फिन्ले म्याकक्रेथ, ब्रान्डन म्याकमुलन, जर्ज मन्सी, साफ्यान शरीफ, मार्क वाट, ब्राड्ली ह्वील

इटालीः
वेन म्याडसेन (कप्तान), मार्कस क्याम्पोपियानो, जियान पिएरो मीडे, जैन अली, अली हसन, क्रिस्चियन जर्ज, ह्यारी मानेन्टी, एन्थोनी मोस्का, जस्टिन मोस्का, सैयद नकवी, बेन्जामिन मानेन्टी, जसप्रीत सिंह, जेजे स्मट्स, ग्रान्ट स्टुअर्ट र थोमस ड्रेका।