यस्तो छ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठसहित)

  • प्रकाशित मिति : २०८३ जेष्ठ १५, शुक्रबार
  • नेपाल टेल संवाददाता

सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै आगामी आवको आय–व्यय विवरण सार्वजनिक गरेका हुन् । कुल बजेटमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् ५९.८ प्रतिशत विनियोजन गरिएको छ ।

पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ अर्थात् २०.३ प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत बजेट छुट्याइएको छ । बजेट कार्यान्वयनका लागि सरकारले राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ जुटाउने लक्ष्य लिएको छ । यस्तै वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।



सरकारले वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब रुपैयाँ तथा आन्तरिक ऋणबाट ४ खर्ब १९ अर्ब रुपैयाँ जुटाएर बजेटको स्रोत व्यवस्थापन गर्ने जनाएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ मा सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो । आगामी आवको बजेट चालु वर्ष खर्च हुने अनुमानको तुलनामा करिब २५ प्रतिशतले बढी रहेको सरकारले जनाएको छ ।

यस्तै सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई डेढ खर्ब वित्तीय समानीकरण अनुदान हस्तान्तरण गरेको छ । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारलाई ६१ अर्ब ५० करोड र स्थानीय तहका लागि ९० अर्ब २० करोड वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने घोषणा गरेका हुन् ।

बजेट पूर्णपाठ :