डेल स्टेनले भने– नेपाल ! आवश्यक परे म तिम्रो सेवामा हाजिर छु

  • प्रकाशित मिति : २०८२ माघ २६, सोमबार
  • नेपाल टेल संवाददाता

दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर डेल स्टेनले आफू नेपाली टोलिसँग काम गर्न इच्छुक रहेको बताएका छन् ।

टी–२० विश्वकपमा इंग्ल्यान्डसँग ४ रनले चुकेको नेपालको प्रदर्शनपछि अफ्रिकाका सर्वाधिक सफल बलर स्टेनले नेपाली टोलिको प्रशंसा गर्दै यस्तो बताएका हुन् ।



उनले लेखेका छन् – ‘नेपाल । आवश्यक परे म सधैं तिम्रो सेवामा छु। माथि, माथि, अझ माथि’

स्टेन विश्वकै सबैभन्दा खतरनाक फास्ट बलर मध्ये एक मानिन्छन् ।

स्टेन टेस्ट क्रिकेटमा धेरै समयसम्म आईसीसी नम्बर–१ बलर रहे । तीव्र गति, स्विङ र आक्रामक बलिङका लागि उनी परिचित छन् । टेस्ट क्रिकेटमा उनले नाममा ४०० भन्दा बढी विकेट लिएका छन् ।