जेन-जी आन्दोलनमा जेलबाट भागेका ७ कैदीबन्दी एकैदिन पक्राउ

  • प्रकाशित मिति : २०८२ फाल्गुन ५, मंगलवार
  • नेपाल टेल संवाददाता

जेन-जी आन्दोलनको मौका छोपेर विभिन्न जेलबाट फरार ७ कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहत प्रहरी कार्यालयबाट खोजतलासको क्रममा आइतबार पक्राउ गरी सम्बन्धित कारागार कार्यालय पठाइएको प्रहरीले बताएको छ ।



पक्राउ पर्नेहरूको नाम, ठेगाना र कसुर विवरण यस्तो छ ।

१. जिल्ला रसुवा, उत्तरगया गाउँपालिका १ घर भइ जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका ६ बन्चरेटार चोक बस्ने वर्ष ४१ को तेन्जिङ बहादुर तामाङ (डाँका चोरी मुद्दा)

२. जिल्ला लमजुङ, दूधपोखरी गाउँपालिका ४ घर भइ जिल्ला काठमाडौं, कलंकी बस्ने वर्ष २० को प्रितम गुरुङ (चोरी मुद्दा)

३. जिल्ला कञ्चनपुर, पुनर्वास नगरपालिका घर भइ जिल्ला काठमाडौं, सुन्धारा बस्ने वर्ष २३ को बविता तामाङ (मानव बेचबिखन तथा ओसारपसार मुद्दा)

४. जिल्ला काभ्रेपलान्चोक, ठाँटि चापखोरी घर भएको वर्ष २२ को विक्रम नेपाली (नकवजनि चोरी मुद्दा)

५. जिल्ला दोलखा, मेलुङ गाउँपालिका २ घर भएको वर्ष २७ को भुवन तामाङ (लागु औषध मुद्दा)

६. जिल्ला सिन्धुली, फिक्कल गाउँपालिका ३ घर भएको वर्ष २० को अनिस मगर (ज्यान मार्ने उद्योग मुद्दा)

७. देश भारत घर भएको वर्ष २६ को रोसन साह (लागु औषध मुद्दा)