नेपालले नयाँ राजनीकि नक्सा जारी गरेपछि भारतले पहिलो प्रतिक्रिया दिएको छ। भारतीय विदेशमन्त्रालयले नेपालको नयाँ नक्सा अमान्य रहको भन्दै भारतले नस्वीकार्ने चेतावनी दिएको छ।
यस्तो छ भारतको प्रतिक्रिया
”नेपाल सरकारले आज नेपालको संशोधित आधिकारिक नक्शा जारी गरेको छ, जसमा भारतको केही अंशसमेत समावेश छन्। नेपालले एकतर्फी जारी यो गरेको यो नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन।
यो कार्य कूटनीतिक वार्ताको माध्यमबाट सीमा सम्बन्धी मुद्दाहरूको समाधान खोज्ने द्विपक्षीय समझदारीको विरुद्ध छ।
भुलोगबारे कृतिम दावीहरू सहित जारी गरिएको यस्तो नक्सा भारतले स्वीकार गर्दैन। नेपाल यस विषयमा भारतको स्थिर स्थितिसँग राम्ररी परिचित छ र हामी नेपाल सरकारलाई यस्तो अनुचित दाबीबाट टाढा रहन र भारतको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न आग्रह गर्दछौं।
आशा छ नेपाली नेतृत्वले सीमाका मुद्दाहरूको समाधानका लागि कूटनीतिक वार्ताको सकारात्मक वातावरण सिर्जना गर्नेछ।”