राम कुमार सुवेदी
मैले कामबाट विदा लिएँ । एक हप्ता जति भो । मेरी श्रीमती प्रमिला सुबेदी फोर्ट ओर्थ टेक्सासको जेपीएस अस्पतालमा काम गर्छिन् । नर्स हुन् । विदा लिएर केही समय बस भनेँ । मानिनन् ।
विदा सन्चित छ । उपभोग गर भनेँ । अहँ मान्दै मानिनन् । उनकी डाक्टरले पनि विदा बस्ने भए बस पनि भनेकी रहिछिन् उनलाई पनि बिदा बस्दिनँ भनिछिन् । सोधेँ किन र ? उनले जवाफ दिईन्, “म क्यान्सर क्लिनिकमा काम गर्छु । प्राईमरी केयर, ई आर वा डिजिज कन्ट्रोलमा हैन यदि यी डिपार्टमेन्टमै भए पनि जान्थें काममा ।
फेरि थपिन । “सारा नर्स, डाक्टर र मेडिकल प्रोफेसनलहरू घर परिवार त्यागेर, खानपीन र आरामलाई बिर्सेंर, वीकेण्ड नभनी आठ घण्टा हैन चौविसै घण्टा काम गरिरहेछन् । आफूलाई बिराम सर्छ भन्ने चिन्ता भुलेर अहोरात्र खटेका छन् ।
यही हाम्रो मेडिकल प्रोफेसनलको आदर्श हो । नर्सिंग पेशाको धर्म पनि त्यही हो यही मर्म बुझेर कर्म गर्दैछु र गरिरहन्छु । फ्लोरेन्स नाईटींगलको भावना यही हो । मदर टेरेसालाई यसरी नै बुझेँ ।” त्यसपछि मैले मेरो अनुरोध फिर्ता लिएँ । आफूलाई शर्मिन्दा लाग्यो र श्रीमतीप्रति गर्व । मैले भनेँ, “म तिम्रो श्रीमान भएकोमा आज गौरव गर्छु र तिम्रो बुवा आमाप्रति शीर झुकाई सम्मान ।” उनले आफू काममा जाने थप कारण थप्दै भनिन्,” महामारीले लाखौं हामी मर्दैछौँ तर ती क्यान्सर रोगी जसलाई क्यान्सरले लैजान्छ भन्ने निराशा छ मैले तिनीहरुलाई पनि त आशा, औषधी र उपचारमा सहयोग गर्नुपर्छ । ती क्यान्सर रोगीलाई पनि ”तिमी बाँच्छौ” भन्ने विश्वाश दिलाउनु पर्छ । क्यान्सर रोगीलाई पनि हेल्थ र होप दिन पनि म काममा जान्छु ।” आँशु आयो श्रीमतीको कुरा सुनेर ।
अहिले धेरै डक्टर, नर्स र अरु मेडिकल प्रोफेसनलहहरु आफूले जुन बिषयमा बिशेषज्ञता हाँसिल गरेपनि यो महामारीमा परेका बिरामीहरुलाई बचाउन आफ्नो प्रोफेसन र प्यासेन्ट छोडेर त्यता गएका छन् । किनकी यो महामारीसगँ जुध्न हामीलाई मेडिकल डाक्टर, प्रोफेसनलहरुको कमी छ ।
डक्टर नर्स तुरुन्तै निर्माण हुँदैनन् तर एउटा कुरा तुरुन्तै हुन सक्छ JUST STAY AT HOME जसले गर्दा बिराम बढ्दैन, बिरामीको चाप बढ्दैन र डाक्टर नर्स र अन्य मेडिकल प्रोफेसनलहरू जो अहिलेका सोल्जरहरु, ट्रुप्सहरु, सिपाहींहरु हुन् यो महामारीसगँ लड्न पर्याप्त हुन्छन् l धन्यवाद I Pray For The World. I LOVE YOU! I Am Proud Of YOU!
(राम कुमार सुबेदी हाल अमेरिका ।)