एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध

  • प्रकाशित मिति : २०८२ चैत्र २, सोमबार
  • नेपाल टेल संवाददाता

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध हुनुभएको छ ।

अध्यक्षमा उम्मेदवारी दिएका रविन शेरचन र रविन बज्राचार्यले उम्मेदवारी फिर्ता लिएसँगै अध्यक्षमा शर्मा सर्वसम्मत हुनुभएको हो । शर्मा यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । अध्यक्ष निर्वाचित भएको औपचारिक घोषणा भने बाँकी छ ।



यस सँगै एनआरएनएको सबै कार्यसमिति सहमतिमा चयन भएको निर्वाचन समितिले जनाएको छ । एनआरएनएको १२औँ महाधिवेशन मार्च १४ देखि काठमाडौंमा सुरु भएको हो ।