युद्ध अन्त्य गर्ने ट्रम्पको संकेतपछि एसियाली शेयर बजारमा उछाल, तेलको मूल्य पनि घट्‌ने सम्भावना

  • प्रकाशित मिति : २०८२ चैत्र १८, बुधबार
  • नेपाल टेल संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै अन्त्य हुन सक्ने संकेत दिएपछि एसियाली शेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ ।

हङकङको ह्याङ सेङ इन्डेक्ससहित चीन, जापान र दक्षिण कोरियाका बजारहरूमा प्रारम्भिक कारोबारमै उछाल आएको छ । विश्लेषकहरूका अनुसार यो ‘रिलिफ र्‍याली’ हो, जहाँ लगानीकर्ताहरूले युद्ध अन्त्यतर्फ प्रगति हुने आशामा सकारात्मक प्रतिक्रिया दिएका छन् ।



यसैबीच, ब्रेन्ट क्रुड (कच्चा तेल)को मूल्य करिब १०४ डलर प्रतिब्यारेलमा स्थिर रहेको छ, जुन युद्धअघि भन्दा अझै उच्च हो । मार्च महिनामा मात्र ब्रेन्ट तेलको मूल्य करिब ६० प्रतिशतले वृद्धि भएको छ ।

विश्लेषकहरूले बजारमा केही विश्वास बढेको बताए पनि ठोस प्रगति नदेखिएसम्म सतर्कता कायम रहने बताएका छन् । साथै, तेल बजारमा आगामी दिनहरूमा उतारचढाव जारी रहने सम्भावना रहेको उल्लेख गरिएको छ ।