गगनलाई सभापति बनाएर कांग्रेस बदलिसक्यौं : भीष्मराज आङ्देम्बे

  • प्रकाशित मिति : २०८२ चैत्र १९, बिहीबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले कांग्रेस जेनजी विद्रोहले उठाएको मुद्दालाई निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै जिम्मेवार प्रतिपक्षको रूपमा परिवर्तनलाई साथ दिन र खबरदारी गर्न तयार रहेको बताए। परिवर्तनको स्वरलाई आत्मसाथ गरेर नै विशेष महाधिवेशनबाट विभिन्न दृष्टिकोण पारित गरेको स्मरण गरे।



उनले अहिले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर बदलिएको समय र बदलिएको समाजको अनुरूपको रूपान्तरणमा प्रवेश गरेको बताए।