विश्व बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ।
कृषि उत्पादनमा कमी र मध्यपूर्व द्वन्द्वका कारण अर्थतन्त्र प्रभावित हुने बताइएको छ।
‘नेपाल डेभलपमेन्ट अपडेट अप्रिल २०२६’ अनुसार सेवा र पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित हुनेछन्, जसले विप्रेषण र समग्र आर्थिक गतिविधिमा असर पार्नेछ। गत वर्ष ४.६ प्रतिशत रहेको वृद्धिदर यस वर्ष घट्ने देखिएको छ।
यद्यपि, राजनीतिक स्थिरता, पुनर्निर्माण, जलविद्युत् विस्तार र सुधारका प्रयासले आगामी वर्ष ४.४ प्रतिशतसम्म वृद्धि हुन सक्ने अनुमान गरिएको छ।
निजी क्षेत्रको भूमिका बढाउँदै पूर्वाधार, पर्यटन र सूचना प्रविधिमा लगानी बढाउन विश्व बैंकले सुझाव दिएको छ।