संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ।
मन्त्रालयकी सचिव चन्द्रकला पौडेलले जारी गरेको सूचनामा शासकीय सुधारका कार्यसूचीअनुसार जिम्मेवारी निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिइएको छ।
सरकारले सार्वजनिक गरेको शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत कर्मचारी आचारसंहिता अक्षरशः पालना गर्दै निष्पक्ष, तटस्थ र सेवामुखी ढंगले काम गर्नुपर्ने उल्लेख छ।
साथै निजामती सेवा ऐन र नियमावली पूर्ण पालना गर्न पनि निर्देशन दिइएको छ।