दुर्गा प्रसाईँविरुद्ध मुद्दा दायर

  • प्रकाशित मिति : २०८३ बैशाख ९, बुधबार
  • नेपाल टेल संवाददाता

मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले प्रसाईँलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार १ लाख रुपैयाँसम्म जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजायको माग गरेको छ।



पटक–पटक त्यस्तै कसुर गरेको भन्दै थप सजाय र क्षतिपूर्ति समेत माग गरिएको छ।

अभियोगपत्रमा प्रसाईँले सामाजिक सञ्जालमार्फत आगामी निर्वाचनविरुद्ध भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको, हिंसात्मक शब्द प्रयोग गरेको र निर्वाचन आचारसंहिता उल्लंघन गरेको उल्लेख छ।