संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सरकारको दबाब, फेरि पठायो

  • प्रकाशित मिति : २०८३ बैशाख २१, सोमबार
  • नेपाल टेल संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न सरकारले दबाब दिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अध्यादेश जारी गर्न पुनः सिफारिस गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न पुनः सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।



उनले राष्ट्रपति पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको अध्यादेश जस्ताको त्यस्तै सिफारिस भएको पनि बताए जानकारी दिए ।

राष्ट्रपति पौडेलले आइतबार उक्त अध्यादेश सरकारलाई फिर्ता पठाएका थिए । त्यसको २४ घण्टा पनि नबित्दै सरकारले उक्त अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो ।