भारतबाट ६० हजार मेट्रिकटन युरिया मल ल्याउने बाटो खुल्यो

  • प्रकाशित मिति : २०८३ बैशाख २१, सोमबार
  • नेपाल टेल संवाददाता

सरकारले भारतसँग ६० हजार मेट्रिकटन युरिया मल ल्याउने बाटो खोलिदिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भारत सरकारसँग अन्य बेलाजस्तै जी टू जीमार्फत ६० हजार युरिया मल खरिद गर्न कृषि कम्पनी लिमिटेडलाई सैद्धान्तिक सहमति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।