गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य राेकियाे

  • प्रकाशित मिति : २०८३ बैशाख २५, शुक्रबार
  • नेपाल टेल संवाददाता

चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य भुक्तानी नपाएपछि ठप्प भएको छ। निर्माण कम्पनी हिमालयन कालिञ्चोक बिबिआर जेभी ले करिब १० करोड रुपैयाँ भुक्तानी बाँकी रहेकाले १५ दिनदेखि काम रोकिएको जनाएको छ।

निर्माण कम्पनीले बिल भरतपुर महानगरपालिका मा पेश गरे पनि प्रदेश सरकारबाट रकम निकासा ढिलो हुँदा भुक्तानी हुन नसकेको महानगरले जनाएको छ।



२०८१ असारमा भएको सम्झौताअनुसार ७५ करोड ५० लाख रुपैयाँ लागतमा २०८३ पुस २२ भित्र निर्माण सक्नुपर्ने भए पनि हालसम्म ५० प्रतिशतभन्दा केही बढी मात्रै काम सम्पन्न भएको छ।

निर्माण कम्पनीले निर्धारित समयमा काम नसकिने देखिएपछि म्याद थपको तयारीसमेत गरेको छ।