ब्राजिल बन्यो कोरोना संक्रमणको हब, अमेरिकापछि सबैभन्दा बढी संक्रमण

  • प्रकाशित मिति : २०७७ जेष्ठ १०, शनिबार
  • nepaltale.com

ब्राजिलमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ। अमेरिकापछि सबैभन्दा बढी संक्रमण ब्राजिलमा देखिएको छ।

पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ९ सय ६६ जनाको मृत्यु भएको छ भने १९ हजार ९ सय ६९ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै ब्राजिलमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार ४८ पुगेको छ भने ३ लाख ३० हजार ८ सय ९० जना संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १ हजार २ सय ९३ जनाको मृत्यु भएको छ भने २४ हजार १ सय ९७ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार ६ सय ४७ पुगेको छ भने १६ लाख ४५ हजार ९४ संक्रमित भएका छन्।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ९ सय ९२ पुगेको छ भने ५३ लाख ३ हजार ७ सय १५ जना संक्रमित भएका छन्।