आज बिहीबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ २३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ९ पैसा र बिक्रीदर ३३ रुपैयाँ २५ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ २५ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ९० पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ९४ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ४७ पैसा छ।