एयर इन्डियाको फ्लाइटमा एक यात्री कोरोना पोजेटिभ

  • प्रकाशित मिति : २०७७ जेष्ठ १४, बुधबार
  • nepaltale.com

एयर इन्डिया विमानबाट दिल्लीबाट लुधियाना जाने एक व्यक्तिमा कोरोना भेटिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको भनाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम एएनआईका अनुसार एलायन्स एयरको सुरक्षा विभागमा काम गर्ने व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

ती व्यक्तिमा कोरोना संक्रमण देखिएलगत्तै विमानमा सवार सबैलाई क्वारेन्टाइनमा पठाइएको छ ।

भारतमा सोमबारदेखि दुई महिनापछि घरेलु उडान पुनः सञ्चालन भएको छ ।

स्रोतः बीबीसी