सामाजिक सुरक्षा भत्तालाई निरन्तरता

  • प्रकाशित मिति : २०७७ जेष्ठ १५, बिहीबार
  • nepaltale.com

सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा सामाजिक सुरक्षाका क्षेत्रमा दिइँदै आएको उक्त भत्तालाई निरन्तरता दिएको बताएका हुन् ।

त्यसका लागि सरकारले यो बर्ष ६७ अर्व ५० करोड रकम छुट्याएको छ । त्यस्तै ७० वर्षमा माथिका बृद्धहरुलाई १ लाख निःशुल्क बीमा यो बर्ष थप गर्दै ६ लाखलाई समेट्ने योजना पनि सरकारले ल्याएको छ ।