छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण र मृत्युदर अहिलेसम्मकै धेरै रहेको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २६९ जनाको मृत्यु भएको छ भने ८ हजार १ सय ५ जना नयाँ संक्रमित थपिएका छन्।
यो सँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार ९ सय ८० पुगेको छ भने १ लाख ७३ हजार ४९१ जना संक्रमित भएका छन्। जसमध्ये ८२ हजार ६ सय २७ जना उपचारपछि निको भएका छन् भने ८५ हजार ८ सय ८४ एक्टिभ र ८ हजार ९ सय ४४ गम्भिर संक्रमितको उपचार भइरहेको छ।
भारत कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने विश्व सूचीको ९ औँ स्थानमा छ। कोरोना संक्रमणको उद्गमस्थिल मानिने चीनमा भन्दा पनि भारतमा धेरै संक्रमित र मृत्युदर रहेको छ।