भारतमा चरणवद्ध लकडाउन खोल्ने घोषणा

  • प्रकाशित मिति : २०७७ जेष्ठ १७, शनिबार
  • nepaltale.com

भारतमा चरणवद्ध लकडाउन खोल्ने घोषणा भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार त्यहाँको गृह प्रशासनले पहिलो चरणमा जुन ८ बाट धार्मिक स्थल, होटल, सपिङ मल राज्य-राज्यबीच बस यात्रा सुचारु गर्ने निर्णय गरेको छ।

यस्तै, दोस्रो चरणमा स्कूल/कलेज, शैक्षिक संस्थान, प्रशिक्षण केन्द्र, कोचिंग केन्द्रहरू राज्य र केन्द्र शासित प्रदेशहरु संग परामर्श पछि खोलिने छ।

तेस्रो चरणमा परिस्थितीको विश्लेषण गर्दै अन्तर्राष्ट्रिय हवाई उडान, मेट्रो सेवाहरु, सिनेमा हल, जिम, स्विमिंग पूल र मनोरञ्जन पार्क आदि सर्तहरू सहित खुला गरिनेछ।

राज्यहरुमा यात्रा गर्दा सवारी पास लिनुपर्ने प्रावधान पनि पनि हटाइएको छ।

संक्रमण देखिएका क्षेत्रमा भने १ महिना (आगामी जुन ३०) सम्मका लागि लकडाउन थपिएको छ। त्यहाँ आवश्यक गतिविधिहरु जारी राखिने छ।

कोरोनाका संक्रमित बढ्दै गएपनि भारतले पछिल्लो समय लकडाउन खुकुलो पार्दै गएको छ। केही दिन अघि आन्तरिक उडान सुचारु गरेको भारतले मजदुरका लागि रेल यसअघिनै खुला गरिसकेको छ।