शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनका कारण प्रभावित पठनपाठनलाई आगामी असार १ गतेबाट सुचारु गर्न निर्देशन दिएको छ।
शिक्षामन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लकडाउनका कारण प्रभावित बनेको पठनपाठनलाई विभिन्न माध्यमबाट आगामी असार १ गतेबाट सुचारु गर्न आह्वान गरेका हुन्।



लकडाउनका कारण विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठन पाठनको सहज अवस्था सिर्जना गर्न दुर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयले वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गरिएको पनि उनले जानकारी गराएका छन्।
सो निर्देशिकालाई २०७७ साल असार १ गतेबाट कार्यन्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आव्हान गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।