९ लाख नेपाली स्वदेश फर्कने अनुमान, घरसम्म पुर्याउने जिम्मा सेनालाई

  • प्रकाशित मिति : २०७७ जेष्ठ २०, मंगलवार
  • नेपाल टेल संवाददाता

विभिन्न कारणले विदेशी भूमिमा पुगेका र कोरोना संक्रमणको सन्त्रासपछि स्वदेश फर्कन चाहनेहरूको विवरण संकलन गरिरहेको सरकारले करिब ९ लाख नेपाली स्वदेश फर्कने अनुमान गरेको छ ।

सरकारले १२ जेठको मन्त्रिपरिषद् निर्णयमार्फत भारतबाट स्वदेश फर्कन चाहनेहरूका लागि २० वटा नाका खुला गरेको छ भने अन्य मुलुकबाट आउन चाहनेहरूका लागि प्राथमिकता तोकेको छ । सरकारले भारतका २० नाकाबाट गरी करिब ५ लाख तथा भारतबाहेकका अन्य मुलुकबाट करिब ४ लाख गरी ९ लाखको हाराहारीमा नेपालीहरू स्वदेश फर्कने अनुमान गरेको हो ।



सरकारले मन्त्रिपरिषद् बैठकबाट विदेशबाट आउनेहरूको व्यवस्थापन र उनीहरूलाई घरसम्म पु¥याउन सेनालाई खटाउने निर्णय गरिसकेको छ । सेनाले नै विमानस्थल र भारतसँगका नाकाबाट भित्रने नागरिकहरूलाई होल्डिङ सेन्टरसम्म लैजानेछ । यस्तै, होल्डिङ सेन्टरबाट विभिन्न प्रक्रिया पूरा गरेर जिल्लासम्म पु(याइनेछ ।

-राजधानी दैनिक