डीभीको नतिजा आज राति सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा

  • प्रकाशित मिति : २०७७ जेष्ठ २४, शनिबार
  • नेपाल टेल संवाददाता

इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) को नतिजा आज राति ९ बजेर ४५ मिनेट जाँदा सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यस्तो जानकारी सार्वजनिक गरेको हो ।

हरेक वर्ष न्युन आय भएका देशबाट झन्डै ५० हजार जनतालाई अमेरिकाले इडिभी कार्यक्रमअन्तर्गत आफ्नो देशमा वैध प्रवेश तथा बसोबासको अनुमति दिन्छ ।



यसअघि विगत वर्षहरुमा अक्टुबर २ देखि नोभेम्बर ५ सम्म भरिने डिभी चिट्ठाको नतिजा मेइ ५ मा सार्वजनिक हुने गरेको थियो । यसपटक पनि अक्टुबर २ देखि नोभेम्बर ५ कै अवधिमा मानिसहरुले डिभी भरेका थिए । तर कोभिड–१९ का कारण नतिजा सार्वजनिक गर्न भने केही समय ढिलाई भयो ।

https://dvprogram.state.gov मा आफ्नो कन्फर्मेशन नम्बर हालेर ईडीभीको नतिजा हेर्न सकिन्छ ।

छनोटमा परेका व्यक्तिहरुको अन्तवार्ता आगामी अक्टुबर १ देखि सुरु हुनेछ । डिभी परेका व्यक्तीहरु २०२१ को सेप्टेम्बरसम्म सम्पूर्ण प्रक्रिया पूरा गरेर अमेरिका प्रवेश गरिसकेको हुनुपर्छ ।