भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतको सम्बन्ध विश्वको कुनै ताकतले तोड्न नसक्ने बताएका छन्।

Advertisement

नेपाल-भारत सीमा विवादलाइ लिएर तनाव बढिरहेका बेला रक्षामन्त्री सिंहको यस्तो प्रतिक्रिया आएको हो।

सोमबार उत्तराखण्ड जन संवाद भर्जुअल कार्यक्रमको उद्घाटन गर्दै रक्षामन्त्री सिंहले भने, ‘भारत र नेपाल बीचको सम्बन्ध यो कुनै सामान्य सम्बन्ध होइन्। भारत-नेपालको सम्बन्ध रोटी र बेटीको छ। दुनियाको कुनै ताकतले यस्तो सम्बन्धलाई तोड्न सक्दैन्।’

लिपुलेकमा सडक उद्घाटन गरेको बिषयलाई केही असमझदारी भएको हो भने टेबुलमा बसेर समाधान खोज्न भारत तयार रहेको मन्त्री सिंहले दोहोर्याए।

‘यदि लिपुलेकमा सडक निर्माणका कारण नेपालमा कुनै असमझदारी उत्पन्न भएको हो भने हामी सँगै बसेर समाधान गर्नेछौं। म पूरा विश्वासका साथ भन्न चाहन्छु कि भारतीयको मनमा नेपालप्रति कहिल्यै कुनै पनि तीतोपना उत्पन्न हुन सक्दैन्’, सिंहले भने।

नेपालले हालै लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर आफ्नो नयाँ नक्सा संसदबाट पारित गरेको छ।

रक्षा मन्त्री सिंहलेनै लिपुलेक हुँदै भारतको चीन जोड्ने सडक उद्घाटन गरेपछि नेपाल र भारत सम्बन्धमा विवाद बढेको हो।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

error: