चिनियां सेनासंगको झड्पमा ३४ भारतीय सैनिक वेपत्ता भएका छन् भने २० सैनिक मारिएको भारतले स्विकार गरिसकेको छ । उता चाइना तिर ४३ जनाको मृत्यु भएको बाताइएको छ तर यसको स्वतन्त्र पुस्टिहुन भने सकेको छैन । भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले ३४ जनाभन्दा बढी वेपत्ता रहेको समाचार प्रकाशित गरेको । वेपत्ता भनिएकाहरुको अवस्था सार्वजनिक हुनेबेला सम्म मृत्यु हुनेको सन्ख्या अझै बाढ्न सक्ने बताइएको छ ।
त्यसैगरी भारतिय अनलाइन पत्रिका नवभारत टाइम्सले लद्दाखको गलवान क्षेत्रमा चिनियां सेनासंग भएको झड्पमा कम्तिमा २० सैनिकको मृत्यु भएको जनाएको छ । सीमामा दुवै देशका सेनावीच तनाव वढेपछि चिनियां उपविदेशमन्त्री लुओ झाओहुई र चीनका लागी भारतिय राजदूत विक्रम मिसरीवीच भेटवार्ता भएको छ ।
चीनले सीमा क्षेत्रमा तनाव वढेसंगै तिब्बतमा ठुलो संख्यामा अत्याधुनिक हतियार र टयांकसहित सेना परिचालन गरेको छ ।
भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृत्यु भएको हुनसक्ने वा चिनियां सेनाको नियन्त्रण परेको हुनसक्ने बताएका छन्। तर, भारतले यस विषयमा अहिलेसम्म औपचारिक जानकारी दिएको छैन् । रक्षामन्त्री राजनाथ सिंह र सुरक्षा निकायका प्रमुखहरुवीच दिनभर वैठक भएको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
चिनियां र भारतीय सेनाबीच धकेलाधकेल हुंदा आफ्ना सैनिक भीरबाट खसेको भारतीय अधिकारीको दावी छ।
तीन भारतिय सेनाको मृत्युसंगै भारत र चीनको सम्बन्धमा दरार उत्पन्न भएको छ । भारतिय विदेश मन्त्रालयले चिनियां पक्ष्ँले सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ । भारतिय विदेश मन्त्रालयका प्रवक्ताले भारतिय सेनाका सवै गतिविधी लाइन अफ एक्चुअल कन्ट्रोलभित्र रहेको दावी समेत गरेका छन् ।
भारतले सीमा क्षेत्रमा शान्ति कायम राख्न र असमझदारी संवाद हल गर्नुपर्ने आवश्यकताप्रति विश्वस्त रहेको जनाएको छ । भारत आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न प्रतिवद्ध रहेको भारतिय विदेमन्त्रालयको वक्तव्यमा उल्लेख छ ।
सीमा क्षेत्रको तनावलाई कम गर्न दुवै देशका सरकारले छलफल गरिरहेका छन् । भारत र चीनबीच सीमा विवाद रहेपछि यसरी मृत्यु हुनेगरी भिडन्त ४५ वर्षपछि भएको हो ।