जुन २१ अर्थात असार ७ गते देखि कोरोना समाप्त हुने भारतीय वैज्ञानिकले दाबी गरेका छन । उनले कोरोनाको उत्पतीलाई सुर्य ग्रहण सँग जोड्दै यस्तो दाबी गरेका हुन ।

२१ जुनमा लाग्ने सुर्य ग्रहणले कोरोनाको प्रभावलाई पूर्ण रुपमा नस्ट गर्ने उनको दाबी रहेको छ । कोरोनाको उत्पत्ती समेत सुर्य ग्रहणकै प्रभाब स्वरुप भएको उनको दाबी छ । उनले कोरोनाको उत्पत्तिलाई २६ डिसेम्बर २०१९को सुर्य ग्रहण सँग जोडेर हेरेका छन ।

चेन्नेइका परमाणु बैज्ञानीक डा.केएल सुंदर कृष्णले यस्तो दाबी गरेका हुन । आफ्नो दाबिलाई पुस्टि गर्न उनले अगाडी सारेका तर्कहरु निक्कै चाख लाग्दा छन । सुर्य ग्रहण पछी ग्रहहरुको अवस्थिती गडबड भएको र सुर्यको उर्जा बिखण्डण र अन्तर ग्रह बलको प्रभाब स्वरुप बायु मण्डलको उपरी तहबाट कोरोना भाईरस उत्पन्न भएको उनको भनाइ छ ।

सुर्य ग्रहणनै यसको प्राकृतिक उपचार हुन सक्ने उनको विश्वाश रहेको छ । त्यसैले उनले २१ जुनको सुर्य ग्रहणले कोरोना भाईरसलाई निस्कृय पारीदिने दाबी गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: