भारत र चीनबीच युद्धको कालो बादल मडारिइरहेको छ ।
भारत र चीनबीच पटक पटक युद्ध भएको छ । तर, दुवै पक्षबीचको झडपमा कुनै पनि सैनिक नमरेको ४५ वर्ष भइसकेको थियो । सोमबार दुवै तर्फ सैनिक हताहती भएपछि ४५ वर्षसम्मको शान्ति तोडिएको छ ।
भारतका २० सैनिकको मृत्यु भएको पुष्टि भइसकेको छ । चीनतर्फ हताहती भएपनि संख्या यकिन भनिएको छैन । तर, भारतको भन्दा चीनको बढी (१५० जना सैनिक सम्म) सैनिक मारिएको समाचारहरु आइरहेका छन् ।
वास्तवमा यी दुई देशबीच युद्ध भएमा परिणाम खरनाक हुनसक्छ । चीन विश्वकै बढी जनसंख्या भएको देश हो । भारत दोस्रो बढी जनसंख्या भएको मुलुक हो । दुवै देश आणविक अस्त्रले सम्पन्न देश हुन् ।
ठुलो सैन्य शक्ति भएका यी देशबीच युद्ध भएमा खतरनाक अवस्था आउनसक्छ । दुवै देशसँग आणविक हतियार रहेकाले युद्ध भएमा घातक हुनसक्छ । त्यसैले पनि यी दुई देशलाई संयमता अपनाउन विश्वले नै आग्रह गर्न थालेका छन् ।