किला खोपिएको मुंग्रोले हानेर २० सैनिकको ज्यान लिएको भारतको आरोप

  • प्रकाशित मिति : २०७७ असार ४, बिहीबार
  • नेपाल टेल संवाददाता

पूर्वी लद्दाखको गलवान भ्यालीमा भएको लडाईमा चिनियाँ सैनिकले किला खोपिएको मुंग्रो प्रयोग गरि २० सैनिकको ज्यान लिएको भारतीय पक्षले आरोप लगाएको छ।

सोमवार राति भएको भिडन्तमा कुटपिटपछि आफ्ना सैनिकमाथि किला खोपिएको मुंग्रो समेत प्रयोग गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।



शान्ति सन्धीका कारण वास्तविक नियन्त्रण रेखा (लिएसी) को दुई किलोमिटरभित्र गोलीबारुद चलाउन नपाइने भएकाले घरेलु हतियारको प्रयोग गरिएको थियो।

उक्त लडाईमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। अन्य केही गम्भीर घाइते छन्। चीन तर्फ भएको क्षतीको उसले सार्वजनिक गरेको छैन।

दुवैतर्फको झडपमा बन्दुक तथा आधुनिक हतियार प्रयोग गरिएको थिएन्। चिनियाँ पक्षले घाइते भएका सैनिकको भारतीय पक्षबाट समयमै उपचार नहुँदा मृत्यु हुन गएको जनाएको छ। सीमा रेखा नाघेर चीनतर्फ आएपछि झडप भएको र घटनाको जिम्मेवारी भारतीय पक्षनै रहेको चीनको भनाई छ।

चीनलाई उचित जवाफ फर्काउनुपर्ने भन्दै भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि चर्को दबाब परिरहेको छ ।