कर्णालीमा कोरोना जित्नेको सङ्ख्या ४९४ पुग्यो

  • प्रकाशित मिति : २०७७ असार ५, शुक्रबार
  • nepaltale.com

कर्णाली प्रदेशमा कोरोना जितेर घर फर्किनेको संख्या चार सय ९४ पुगेको छ । विभिन्न आइसोलेसनमा रहेका एक सय ५२ जनाले बुधबार एकैपटक कोरोना जितेर घर फर्किएपछि कर्णालीमा कोरोना निको हुनेको संख्या चार सय ९४ पुगेको हो ।

दैलेखको महाबु आइसोलेसन सेन्टरबाट १०६, नारायण आइसोलेसन सेन्टर र दैलेख अस्पतालबाट ४३ र प्रदेश अस्पताल सुर्खेतबाट तीन जना गरी बुधबार मात्रै १५२ जनाले कोरोना जीतेर घर फर्किएका हुन् । अझै ६ सय १० जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् ।

हालसम्म कर्णालीका कुल १ हजार १ सय ४ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।