१३ वर्षीया बालिका बलात्कारको अभियोगमा दाङमा ३ जना पक्राउ

  • प्रकाशित मिति : २०७७ असार ५, शुक्रबार
  • नेपाल टेल संवाददाता

दाङमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ३ जनालाई इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको छ । दाङको लमही नगरपालिका वडा नम्बर ६ की १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गढवा गाउँपालिका वडा ६ मनिकापुर बस्ने ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा क्रमशः १९ र २० वर्षका रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राँठोरले जानकारी दिनुभयो । बालिकालाई केही दिनअघि उनीहरुले ललाई फकाई गढवातर्फ लगेको र सोही समयमा उक्त घटना भएको बुझिएको छ ।



पीडित बालिकाको परिवारजन र आफन्तहरुले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पीडित बालिकाको मेडिकल रिपोर्टमा पूर्णरुपमा बलत्कार भएको नदेखिए पनि बलात्कारको प्रयास भएको देखिएको छ । मेडिकल रिपोर्टअनुसार थप अनुसन्धान गरी मुद्दा चलाउने तयारी थालिएको प्रहरी निरीक्षक राठोरले बताउनुभयो ।