काठमाडौंमा आज थप ३ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले नियमति पत्रकार सम्मेलन मार्फत एक पुरुष र दुई महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार आज काठमाडौंमा भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको स्वाब परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो। उनीहरु कुन ठाँउका हुन भन्ने चाँही खुलाइएको छैन।
शुक्रबार नेपालभर एकैपटक ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ।