गुल्मीका एक पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको छ।
जेठ २५ गते भारतबाट घर फर्केका गुल्मीको टत्रकोट गाउँपालिकाका ६९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। उनको होम क्वारेन्टाइनमा बिहीबार राति मृत्यु भएको थियो।
मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएमा परीक्षणमा कोरोना रिपोर्ट पाजेटिभ आएको हो।
प्यारालाइसिसको बिरामी रहेका उनलाई भारतबाट आएपछि होम क्वारेन्टाइनमा राखिएको थियो।
मृतकको शवलाई शुक्रबार नेपाली सेनाले व्यवस्थापन गरेको छ।