चीनले नेपालपछि बंगलादेशलाई पनि आफूतर्फ आकर्षित गर्न खोजेको भन्दै भारतमा आतंक फैलिएको छ।
नेपाल पहिल्यै चीनको पक्षमा भएको र अहिले चीनले बंगलादेशलाई पनि आफ्नो पक्षमा पर्न खोजेको भन्दै भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्।
अहिले चीन भारतको बलियो सहयोगी बंगलादेशलाई आफ्नो पक्षमा पार्न प्रयासरत रहेको भन्दै टाइम्स अफ इण्डियाले टिप्पणी गरेको छ।

नेपालले यही समय आफ्नो नक्सा परिमार्जन गर्नेगरी गरेको संविधान संशोधन पनि चीनकै आडमा गरेको आरोप लगाउँदै समाचार प्रकाशन गरेको छ। यही समयमा चीनले बंगलादेशसँग व्यापार बढाउनका लागि अहम कदम चालेको समाचारमा उल्लेख छ। चीनले बंगलादेशलाई ५ हजार १६१ वस्तुहरुमा ९७ प्रतिशतसम्म कर छुट दिने प्रस्ताव गरेसँगै चीनले बंगलादेशलाई पनि आफ्नो पक्षमा पार्न खोजेको भन्दै भारतमा आतंक फैलिएको हो।
बंगलादेशले आफू अल्पविकसित मुलुक भएको भन्दै चीनसँग यो छुट मागेको थियो। चीनले पनि लद्दाखमा भारतीय सेनासँग भएको झडपको भोलिपल्टै बंगलादेशलाई उसले मागेको छुट दिनेगरी जवाफ फर्काएपछि भारत त्रसित बनेको हो। यो छुट १ जुलाइदेखि लागू हुनेछ।