होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट आयो

  • प्रकाशित मिति : २०७७ असार ६, शनिबार
  • नेपाल टेल संवाददाता

गुल्मी जिल्लामा होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।

छत्रकोट गाउँपालिका –५ अन्र्तगत मैनडाँडाका ६९ वर्षीय पुरुषको बिहीबार राति होम क्वारेन्टिनमा मृत्यु भएको थियो।
गत जेठ २५ गते भारतको मुम्बईबाट घर फर्केका उनको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि होम क्वारेन्टिनमा बस्दै आएका थिए । क्वारेन्टिनमा मृत्यु भएपछि उनको स्वाब निकालेर परीक्षणका लागि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल भैरहवा पठाइएको थियो।



लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको स्वाब परीक्षणमा मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूुचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो।