भारतमा एकैदिन १५ हजारमा कोरोना संक्रमण

  • प्रकाशित मिति : २०७७ असार ७, आईतवार
  • नेपाल टेल संवाददाता

भारतमा एकै दिनमा १५ हजार बढीमा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ४१३ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना संक्रमतिको संख्या ४ लाख १० हजार ४ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कारोनाबाट तीन सय ६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार २५४ पुगेको छ ।