पाल्पामा ४ वटा गाडी पहिरोले पुरिए

  • प्रकाशित मिति : २०७७ असार ८, सोमबार
  • nepaltale.com

तानसेन । पाल्पाको तानसेन नगरपालिका–११ मा पहिरोले गाडी बगाएको छ।

४ वटा गाडी पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको छ।

घटनामा एक जना घाइते भएका छन् ।

पाल्पा–गुल्मी सडक खण्डमा पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको नम्बर नखुलेको ४ सवारी साधन पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पहिरोले गाडी बगाएको खबर प्राप्त हुनासाथ प्रहरीको टोली खटिएको छ।

स्थानीय तहहरुले वर्षातसँगै जथाभावी बाटो निर्माण गरेपछि पाल्पामा जहाँसुकै पहिरो र बाढीको जोखिम रहेको छ।

तानसेन नगरपालिकाले केही समयदेखि बाटो चौडा गरेको थियो। सोही स्थानमा माथिबाट पहिरो खस्दा गाडी बगाएको हो।

लगातार परेको पानीका कारण त्यहाँ सोमबार बिहानदेखि नै पहिरोले बाटो अवरुद्ध रहेको थियो।