चितवन । पाल्पामा थप ९३ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । भरतपुर अस्पतालमा असार १० गते संकलन गरिएका पाल्पाको २३४ स्वाब नमूनासहित २९७ वटा स्वाबको परीक्षणमा पाल्पाका ९३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
पाल्पामा केही दिनयता संक्रमितको संख्या बढ्दै गइरहेको छ । आज ९३ जनामा संक्रमण पुष्टि भएसँगै पाल्पामा कुल संक्रमितको संख्या ३२४ पुगेको छ ।