काठमाडौं । रुकुम पश्चिमको घटनामा किशोरीकी आमा पनि जेल चलान भएकी छिन्।
बुधबार जिल्ला अदालत रुकुमले घटनामा संलग्न भएको आरोप लागेका वडाध्यक्ष डम्मरबहादुर मल्लसहित २३ जनालाई अभियुक्तलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।
अभियुक्त भनिएका ३ जनालाई साधारण तारेखमा रिहा गर्न र की युवतीकी आमालाई भने १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
धरौटी तिर्न नसकेपछि किशोरीकी आमा जेल चलान भएकी छिन्।