केटीको विषयलाई लिएर दाङमा ‘ग्याङफाइट’

  • प्रकाशित मिति : २०७७ असार १३, शनिबार
  • नेपाल टेल संवाददाता

दाङ । दाङमा दुई समूहबीच झडप (ग्याङफाइट) हुँदा ४ जना घाइते छन्।

झडपमा खुकुरी प्रहार हुँदा तुलसीपुर उपमहागनरपालिका–८ अस्वारा निवासी लक्ष्मी भण्डारी, सुवास वली, मोहन बस्नेत र दुधेना निवासी विजय योगी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।



प्रहरीका अनुसार गहतेखोलामा शुक्रबार साँझ ६ बजेतिर दुई समूहबीच झडप भएको थियो।

झडपमा घाइते भएकालाई सामान्य उपचारपछि सोधपुछका लागि प्रहरी कार्यालयमा लगिएको छ। झडपको कारण, अर्को समूहमा संलग्नलगायतको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केटीको विषयलाई लिएर दुई पक्षबीच झडप भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपी त्यसको पुष्टि भने हुन बाँकी छ।