प्यूठान । प्यूठान जिल्लामा दुईजना सुरक्षाकर्मीसहित ४७ जनामा कोरोना भाइरसको सक्रमण देखिएको छ ।
शनिवार बिहान आएको ४७ जनाको संक्रमण रिपोर्टमध्य माण्डवी गाउँपालिकाका ३७ जना, झिमरुक गाउँपालिकाका ७ जना र नौबहिनी गाउँपालिकाका ३ जना रहेका छन् ।
त्यस्तै माण्डवी गाउँपालिकामा कार्यरत प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकाले जानकारी दिनुभएको छ ।
दुबैजना देवीस्थान स्वास्थ्य चौकीमा रहेर भारतबाट आएका मजदूरलाई व्यवस्थापन गर्दै आएका अध्यक्ष रोकाले जानकारी दिनुभयो । उनीहरु दुबैजना पुरुष रहेका छन् । योसँगै प्यूठानमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।