काठमाडौँ । युएईस्थित नेपाली दूतावासले केही समयदेखि सामाजिक सञ्जालमा भाइरल भएको भिडियो सुनियोजित र दूतावासलाई बदनाम गराउने उद्देश्यले सार्वजनिक गरिएको बताएको छ।
एक विज्ञप्ति जारी गर्दै युएईस्थित नेपाली दूतावासले भाइरल भिडियो बदनाम गराउने उद्देश्यले सुनियोजित रुपमा खिचिएको बताएको हो।
केही समय अगाडी नेपाली दूतावास युएईको मुख्य गेटमा युएईमा बाराका शिव वच्चन शाह रौनियारले कोरोनाका कारण आफू बिचल्लीमा परेको भन्दै गुहार माग्दा दूतावासका कर्मचारीले गरेको अमानविय व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
शिव वच्चन शाह रौनियार र उनीसँग समन्धित केही भिडियो तथा प्रकाशित समाचार प्रति दूतावासको ध्यानाकर्षण जनाएको हो। दूतावासले उक्त भिडियो आफूलाई बदनाम गर्ने उद्देश्यले सुनियोजित रुपमा लिइएको स्पष्टिकरण दिएको छ।
पीडित रौनियारले आफ्नो समस्या दूतावासमा जानकारी गराएलगतै समन्धित कम्पनीसँग सम्पर्क गरेर खान बस्न तथा कम्पनीसम्म जानका लागि सवारी साधनको समेत व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
नेपाल फिर्ताका लागि प्राथमिकताको आधारमा नामावली प्रकाशन भएको र हवाई टिकटको समेत दूतावासले व्यवस्था गरि नेपाल एयरलाइन्स मार्फत गत जुन २७ मा नेपाल फर्काउने तयारी गर्दा इमिग्रेसन समस्याका कारण दूतावासको पहलमा आगामी ३० जुनमा नेपाल पठाउन लागिएको पनि उल्लेख गरिएको छ।
हेर्नुहोस् दूतावासको विज्ञप्ति
