भारतमा एकै दिन १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

  • प्रकाशित मिति : २०७७ असार १५, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । भारतमा एकै दिन १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १९ हजार ६२० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १९७ पुगेको छ ।



यस्तै एकै दिन ३८४ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ४८७ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये ३ लाख २१ हजार ७७४ जना संक्रमणमुक्त भएका छन् ।