कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ३६६ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७७ बैशाख ९, मंगलवार
  • nepaltale.com

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ३६६ जनाको मृत्यु भएको छ भने ७३ हजार ९२८ जना नयाँ संक्रमित फेला परेका छन्।

यो सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार ४३६ पुगेको छ भने २४ लाख ८१ हजार २८७ जना संक्रमित भएका छन्। कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेका अमेरिका र इटलीमा पछिल्लो २४ घण्टामा अघिल्लो दिनको तुलनामा कोरोना संक्रमण र मृत्युदर केही बढेको छ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ९ सय ३९ जनाको मृत्यु भएको छ भने २८ हजार १२३ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ हजार ५१४ पुगेको छ भने ७ लाख ९२ हजार ७५९ जना संक्रमित भएका छन्।

त्यस्तै इटलीमा पछिल्लो २४ घण्टामा ४ सय ५४ जनाको मृत्यु भएको छ भने २ हजार २५६ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै इटलीमा मृत्यु हुनेको संख्या २४ हजार ११४ पुगेको छ भने १ लाख ८१ हजार २२८ जना संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ३९९ जना, यूकेमा ४४९ जना फ्रान्समा ५४७ जना, जर्मनमा २२० जना, टर्कीमा १२३ जनाको मृत्यु भएको छ ।