१४ मुलुकका लागि ईयू मुलुक प्रवेशको प्रतिबन्ध फुकुवा

  • प्रकाशित मिति : २०७७ असार १६, मंगलवार
  • nepaltale.com

काठमाडौं। कोरोना भाइरसको महामारीका कारण युरोपेली युनियनमा आवद्ध भएका मुलुकमा ( ईयू मुलुक ) प्रवेशमा लगाइएको प्रतिबन्ध जुलाइ १ देखि फुकुवा भएको छ ।

जुलाइ १ देखि फुकुवा गरिएको प्रतिबन्ध कोरोना महामारीबाट सुरक्षित भनिएका विभिन्न १४ मुलुकका लागि मात्रै लागु हुने बीबीसीले जनाएको छ ।

महामारीमुक्त भइसकेको भनिएको चीन एवं अहिले सबैभन्दा धेरै कोरोनाको असर देखिएको अमेरिका र ब्राजिलबाट भने कसैलाई पनि प्रवेश गर्न दिइने छैन ।

१४ देशको सूचिमा अल्जेरिया, अस्ट्रेलिया, क्यानडा, जर्जिया, जापान, मन्टेनेग्रो, मोरक्को, न्यूजिल्याण्ड, रुवाण्डा, सर्बिया, दक्षिण कोरिया, थाइल्याण्ड, ट्युनिसिया र उरुग्वे रहेका छन् ।