काठमाडौँ । चीनमा विश्व महामारीको रुप लिनसक्ने सम्भावना भएको अर्को नयाँ भाइरस फेला परेको छ। चिनियाँ वैज्ञानिकहरुले महामारी बन्न सक्ने फ्लु (रुघा) को नयाँ स्ट्रेन पत्ता लगाएका छन्।

यो भाइरस हालै मात्र वैज्ञानिकले पत्ता लगाएका हुन्। यो संक्रमण सुँगुरबाट मानिसमा सर्ने बताइएको छ। यो थप म्युटेसन भएर मानिसदेखि मानिसमा सजिलै सर्न सक्ने र विश्व महामारीको रुप लिनसक्ने भन्दै वैज्ञानिकहरुको चिन्ता व्यक्त गरेका छन्।

वैज्ञानिकले भनेका छन्, ‘तत्कालै यो समस्या नदेखिएला, तर यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुणहरु रहेका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी रहेको छ।’

यो अध्ययनको रिर्पोट प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेसको जर्नलमा प्रकाशित गरिएको छ। उक्त रिर्पोटमा वैज्ञानिकले भनेका छन्, यो नयाँ भाइरस हो र यसप्रति मानिसमा निकै कम प्रतिरोधी क्षमता हुन सक्छ या नहुन पनि सक्छ । यो भाइरसलाई सुँगुरमा नियन्त्रण गर्ने उपाय तत्काल लागू गर्नुपर्ने छ ।, र सुँगुरको मासुको उद्योगमा कार्यरत कर्मचारीको नजिकबाट निगरानी गर्नुपर्ने छ।’

अहिले कोरोनाभाइरसको महामारीलाई अन्त्य गर्न जुधिरहँदा वैज्ञानिकहरु इन्फ्ल्युएन्जाको नयाँ स्ट्रेन लगायत अन्य सम्भावित रोगहरुका बारेमा पनि अध्ययन गरिरहेका छन्। सन् २००९ मा मेक्सिकोबाट सुरु भएको स्वाइन फ्लु पहिले सोचेभन्दा कम खतरनाक रहेको पाइएको थियो।

चीनमा फेला परेको फ्लुको नयाँ स्ट्रेन सन् २००९ को स्वाइन फ्लुसँग् मिल्दो जुल्दो रहेको छ । तर यसमा केही फरकपन देखिएको वैज्ञानिकको दाबी छ। तत्कालै यसले ठूलो खतराको रुप भने नलिने बताइएको छ। तर यसमाथि नजर राखिराख्नुपर्ने वैज्ञानिकको सुझाव छ।

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: