काठमाडौं । तपस्वी रामबहादुर बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्धा परेको छ।
बाल यौन शोषण र यौन दुर्व्यवहारको गरेको अभियोगमा मुद्दा दायर गरिएको हो।
सर्लाहीको सरकारी वकिलको कार्यालयले बम्जनलाई फरार प्रतिवादी देखाउँदै १४ वर्षसम्म कैद सजाय र बालबालिका ऐनअनुसार क्षतिपूर्ति माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
१४ देखि १६ वर्ष उमेरका बालिकालाई बलात्कार गरेको कसुरमा १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान मुलुकी अपराध संहितामा रहेकाले त्यहीअनुसार मागदाबी लिएर मुद्दा दायर गरिएको हो।
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको सहयोगमा सर्लाही प्रहरीले बम्जनमाथि अनुसन्धान गरेको थियो।
प्रहरीले दुई पटक उनलाई पक्राउ गर्न खोजेपनि असफल भएको थियो। प्रहरी आउने संकेत पाएपछि उनी हरेक पटक फरार हुदै आएका छन् ।
०७३ माघमा उनले सर्लाहीको आश्रममा १८ वर्षीया आनीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ।